५ भदौ, काठमाडौं ।
हुण्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ मोडलका हुन्डाई भेन्यू गाडी नेपालमा भित्र्याएको छ ।
नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आयोजनामा भदौ १० देखि हुन लागेको अटो शोको पूर्वसन्ध्यामा प्रालिले नयाँ मोडलका गाडी सार्वजनिक गरेको हो ।
प्रा.लि.ले बिहिबार पत्रकार सम्मेलन गरी नया गाडीको विक्रि शुरु भईसकेको पनि जानकारी दिएको हो । प्रालिले भेन्यूको सुरुवाती मूल्य ३४ लाख ९६ हजार देखि ५६ लाख ९६ हजार रुपैयाँसम्म तोकेको छ ।
साथै दशैंको अवसरमा १ लाख ३० हजार रुपैयाँसम्मको छुट र अन्य आकर्षक उपहार दिने घोषणा गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले मुलुकभर रहेका १३ वटा शोरुम र १७ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।