भोलि विराटनगर महानगरमा सार्वजनिक विदा

भोलि विराटनगर महानगरमा सार्वजनिक विदा

५ भदौ, विराटनगर ।

विराटनगरमा कृष्ण जन्माष्टमीको अवसरमा भोलि शुक्रबार महानगरक्षेत्रमा सार्वजनिक विदा दिइने भएको छ ।

विराटनगर महानगरपालिकाले महानगर अन्तर्गतका सवै कार्यालय तथा शिक्षण संस्थामा विदा दिने निर्णय गरेको हो । यसअघि महानगरले कृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने रथयात्राका दिन विदा दिने निर्णय गरिएको थियो ।

यसपटक रथयात्रा भने शनिबार परेको छ । भारतको जगन्नाथपुरी पछिको दक्षिण एशियामै दोस्रो ठूलो मानिएको रथयात्रामा विराटनगर, पूर्वक्षेत्र तथा भारतका विभिन्न ठाउँबाट लाखौंको संख्यामा भत्तजनहरुको घुईचो लाग्ने गरेको छ । यसपटकको रथयात्राका लागि अन्तिम तयारी पूरा भईसकेको आयोजक समितिले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.