मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली शुक्रबार मलेसिया जाँदै

मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली शुक्रबार मलेसिया जाँदै

६ भदौ, काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबल खेल्न आज (शुक्रबार) मलेसिया जाँदै छ ।

मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली मलेसिया जान लागेको हो । टोली शुक्रबार राति १० बजे मलेसया प्रस्तान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

नेपालले सोमबार सुपर लिग च्याम्पियन जोहारसँग उसकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । एन्फाले यसअघि नै जोहारसँग खेल्ने २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ । नेपाली टोलीमा कप्तान विराज महर्जन, किरण चेम्जोङ र रोहित चन्द अटाएका छैनन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.