६ भदौ, काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबल खेल्न आज (शुक्रबार) मलेसिया जाँदै छ ।
मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली मलेसिया जान लागेको हो । टोली शुक्रबार राति १० बजे मलेसया प्रस्तान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।
नेपालले सोमबार सुपर लिग च्याम्पियन जोहारसँग उसकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । एन्फाले यसअघि नै जोहारसँग खेल्ने २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ । नेपाली टोलीमा कप्तान विराज महर्जन, किरण चेम्जोङ र रोहित चन्द अटाएका छैनन् ।