जनहितमा काम नगरे सत्ता उल्टन सक्ने प्रचण्डको चेतावनी

जनहितमा काम नगरे सत्ता उल्टन सक्ने प्रचण्डको चेतावनी

६ भदौ, काठमाडौं ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन संक्ने संभावना रहेको बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँ सत्तामा जानु अघि जनतासंग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई विर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याएका हुन् ।

कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचार भन्दा भिन्न बुर्जुवाकरण हुदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उनले त्यस तर्फ गम्भीर हुनुपर्ने आवश्यकता औल्याए ।

पुर्वी युरोप, सोभियत संघको उदाहरण दिदै उनले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली विर्सन नहुने बताए । उनले दुई पार्टी मिलेर बनेको ठूलो पार्टी भित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टी जनाए ।

विगतमा जनताका समस्या बोध गर्ने, अनुशासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिष्टहरु अहिले अनुशासनहीन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृति बढेको टिप्पणी उनले गरे ।

अध्यक्ष दाहालले सत्तामा पुगेपछि जनतासंग गरेका प्रतिद्धताहरु विर्सदै जाने प्रवृति विश्वभरिका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृति नेपालमा पुनरावृत हुन नदिन तर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

उनले वर्तमान राज्यसत्ता प्राप्तिका लागि विगतमा आफैले आफ्नै योगदानको अवमूल्यन गर्ने काम नेतृत्वबाट हुन नहुने तर्फ सधै सचेत र सजग हुनुपर्ने आवश्यकता औल्याए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.