६ भदौ, विराटनगर । विराटनगरमा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कोशी एम्बुलेन्स चालक संघ विराटनगरले सो कार्यक्रमको आयोजना गरेको हो । विराटनगरको कोशी अस्पताल अगाडि आयोजना गरिएको रक्तदानबाट ३२ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ ।
विराटनगरमा पछिल्लो समय देखिएको रगत अभावको समस्या समाधानमा सहयोग गर्ने उद्वेश्यले संघले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।