खुल्ला रक्तदानबाट ३२ पिन्ट रगत संकलन

खुल्ला रक्तदानबाट ३२ पिन्ट रगत संकलन

६ भदौ, विराटनगर । विराटनगरमा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोशी एम्बुलेन्स चालक संघ विराटनगरले सो कार्यक्रमको आयोजना गरेको हो । विराटनगरको कोशी अस्पताल अगाडि आयोजना गरिएको रक्तदानबाट ३२ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ ।

विराटनगरमा पछिल्लो समय देखिएको रगत अभावको समस्या समाधानमा सहयोग गर्ने उद्वेश्यले संघले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.