७ भदौ, राजविराज ।
तीन बुँदे मागसहित कोशी नदी कटान डुवान संघर्ष समिति सुनसरी, सप्तरी र उदयपुरले थालेको संयुक्त रिले अनसन आठौं दिनसम्म आईपुग्दा पनि जारी रहेको छ ।
कोशी नदीले क्षति गरेको बालीको क्षर्तिपूति हुनुपर्ने, दुवै तटबन्धभित्रको जग्गा सुरक्षित हुनुपर्ने र सन् १९५४ मा भएको कोशी सम्झौता कार्यान्वयन हुनुपर्ने माग गर्दै समितिले गत शनिवारदेखि अनसन सुरु गरेका हुन् ।
सात दशकदेखि कोशी पीडितलाई वेवास्ता गर्दै आएकोले यसपालिको आन्दोलनले अन्तिम विन्दुमा पु¥याउने उनीहरुले अडान लिएका छन् ।
अनसन थालेको आठौं दिनसम्म पनि सम्वन्धित पक्षको वेवास्ता कायमै रहेकोले आगामी चरणको आन्दोलन अन्तर्गत सिंहदरवार हुँदै भारतका राजधानीे नयाँ दिल्लासम्म पुग्ने समितिले चेतावनी समेत दिएको छ ।
वि.सं .२०११ साल वैशाख १२ गते नेपाल र भारती सरकारबीच भएको कोशी सम्झौता अनुसार नदीले कटान र डुवान भएका जग्गाको मुआब्जा भारत पक्षले दिनुपर्नेछ । ालसम्म कटान र डुवान भएको ५६ हजार ३ सय ११ कठ्ठा १९ धुर जग्गाको क्षतिपुर्ति भारतले उपलब्ध नगराउँदा उनीहरु आन्दोलित भएका हुन् ।