ईश्वर पोखरेलले लिए स्कुल विभागको जिम्मेवारी

ईश्वर पोखरेलले लिए स्कुल विभागको जिम्मेवारी

७ भदौ, काठमाडौं ।

कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीको स्कुल विभाग प्रमुखको जिम्मेवारी लिएका छन् ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार विशेष कार्यक्रमगरी कार्यवहाक प्रधानमन्त्री पोखरेललाई स्कुल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

तात्कालिन माओवादी केन्द्रका स्कुल विभाग प्रमुख देवेन्द्र पौडेल र नेकपा एमालेका स्कुल विभाग प्रमुख शंकर पोखरेलले संयुक्त रुपमा पोखरेललाई स्कुल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

स्कुल विभाग प्रमुखको जिम्मेवारी लिएपछि नेता पोखरेलले विचार र संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउदै नेतृत्व निर्माणमा अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।

परिर्वतित अवस्थामा हिजोको ढाँचाबाट नेतृत्व निर्माण हुन नसक्ने भन्दै उहाँले नेतृत्व निर्माणमा नयाँ ढंगले अघि बढ्ने बताए । सिंगो पार्टी पंक्तिले राजनीतिक कार्यदिशाको बारेमा एउटै बुझाई बुझ्ने र एउटै बोली बोल्नुपर्ने आवश्यकता औल्याएका छन् ।

स्कुल विभागको जिम्मेवारी लिन धेरैले दाबी गरिरहँदा उपप्रधानमन्त्री पोख्रेलले जिम्मेवारी पाएका हुन । उनी एकता अघि तात्कालिन नेकपा एमालेका महासचिव थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.