८ भदौ, विराटनगर ।
प्रधानमन्त्री केपी शर्मा ओलीकोे स्वास्थ्य स्थिति सामान्य अवस्थामा रहेको उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु भएको पनि रिमालले जानकारी दिए । उपचारका लागि बिहीबार सिंगापुर गएका प्रधानमन्त्रीको शुक्रबारदेखि त्यहाँको नेसलन युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरेसिस प्रकृया सुरु गरिएको रिमालले ट्विटरमा एक सन्देश जारी गर्दै जानकारी दिएका छन् ।
प्रधानमन्त्रीका निजी चिकित्सक प्रोफेसर डा दिव्यासिंह शाहका अनुसार यो उपचार प्रकृया अरू केही पटक गरिने छ । रगतमा रहेको दुषित पदार्थ प्लाज्मामा जम्मा हुने भएकाले दुषित पदार्थ छुट्याएर त्यसलाई (फेर्ने) विधिलाई प्लाज्मा फेरेसिस भनिन्छ ।