लिभरपुलको लगातार तेस्रो जित

लिभरपुलको लगातार तेस्रो जित

८ भदौ, एजेन्सी ।

मोहम्मद सलाहको दुई गोल सहयोगमा साविक उपविजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार विजयी यात्रा कायम राखेको छ। नयाँ सिजनको तेस्रो खेलमा पनि उसले जित निकालेको छ।

मर्सिसाइड क्लब लिभरपुलले लन्डन क्लब आर्सनलमाथि जित हात पारेको हो । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३–१ को जित निकालेको हो। जारी सिजनमा लिभरपुलको यो लगातार तेस्रो जित हो ।

खेलको ४१ औँ मिनेटमा जोएल मातियको गोलबाट लिभरपुलले पहिलो हाफमा १–० को अग्रता लियो । दोस्रो हाफमा थप दुई गोल भयो ।

४९ औँ मिनेटमा पाएको पेनाल्टीमा सालहले गोल गरे । ५८ औँ मिनेटमा सालहले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ३–० को अग्रता लियो ।

अवे मैदानमा भएको खेलमा आर्सनलका लागि ८५ औँ मिनेटमा लुकास टोरोइएरालो एक गोल फर्काए । लगातार तीन खेल जितेको लिभरपुल ९ अंक सहित शीर्ष स्थानमा छ । यसअघिका दुई खेल जितेको आर्सनल ६ अंकसहित दोस्रो स्थानमा छ ।

प्रिमियर लिगमा लिभरपुलको यो लगातार १२ औँ जित हो । गएको सिजनका अन्तिमका ९ तथा यो सिजनका सुरुका तीन खेलमा उ विजयी भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.