८ भदौ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।
शीतलनिवासस्थित राष्ट्रपति निवास पुगेर दाहालले बिहान ८ बजेदेखि ९ बजेसम्म राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।
राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता भएको र समसामयिक विषयमा छलफल भएको दाहालका एक सहयोगीले जानकारी दिए।