बार्सिलोना रियल बेटिससंग भिड्न आज मेस्सी विनै मैदानमा उत्रने

बार्सिलोना रियल बेटिससंग भिड्न आज मेस्सी विनै मैदानमा उत्रने

८ भदौ, एजेनसी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज राति बार्सिलोना र रियल बेटिस खेल्दैछन् । खेल नेपाली समय अनुसार राती पौने १ बजे नाउ क्याम्पमा हुनेछ ।

आजको खेलमा पनि लियोनल मेस्सी बार्सिलोनाको टिममा हुने छैनन् । केही साताअघि प्रशिक्षणका क्रममा घाइते भएका मेस्सी अझै फिट मैसकेका छैनन् । घाइते भएपछि उनले ला लिगा सिजनको पहिलो खेल अन्तर्गत एट्लेटिको विल्बाओसँगको खेल गुमाएका थिए । जसमा बार्सिलोना पराजित भएको थियो ।

यसअघि मेस्सी प्रशिक्षणमा फर्किएकाले बेटिसविरुद्धको खेलमा उनी प्लेयिङसेटमा हुने अपेक्षा गरिएको थियो । तर बार्सिलोनाका म्यानेजर एनेस्टो भाल्भर्डेले मेस्सी अझै शतप्रतिशत ठिक नभएकाले उनलाई खेलाएर खतरा मोल्न नसक्ने बताएका छन् ।

बार्सिलोनाबाट १६ वर्षीय मिडफिल्डर अन्सु फटिले खेल्ने छन् । उनले युईएफए युथ लिग २०१८र१९ मा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.