अनियमितता र गुणस्तरहीन काम गर्नेलाई कारवाही गरिन्छः इश्तियाक राई

अनियमितता र गुणस्तरहीन काम गर्नेलाई कारवाही गरिन्छः इश्तियाक राई

८ भदौ, काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले सघन शहरी विकास कार्यक्रममा अनियमितता गर्ने र गुणस्तरहीन काम गर्नेलाई कारवाही गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा समिति सदस्यहरुले सघन शहरी विकास कार्यक्रममा अनियमितता भएको भन्दै प्रश्न उठाएपछि मन्त्री राईले त्यस्तो पाईएमा सरकारले कडा कारवाही गर्ने बताएका हुन् । उनले कार्यक्रमको तत्काल अनुगमन गरी दोषीलाई कारवाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिए ।

उनले स्थानीयको अवरोध तथा स्थान अभावका कारण मुलुकका विभिन्न शहरमा निर्माण गर्ने भनिएको ल्याण्डफिल्ड साईट निर्माणको काम रोकिएको स्पष्ट पारे । अधिकतम सहमति अनुसार नै मन्त्रालयले कम गरिरहेको भन्दै उनले स्थान उपलब्ध गराएमा निर्माण कार्य तत्काल अघि बढाईने बताए ।

समितिले नयाँ शहर निर्माण गर्दै जाने सरकारको नीति अनुसारको कार्यप्रगति अपेक्षाकृत हुन नसकिरहेको अवस्थामा कार्य हुन नसक्नुको अवस्था पहिचान गरि प्राथमिकताको आधारमा प्रभावकारीताका साथमा काम अघि बढाउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले नयाँ शहर व्यवस्थापनमा भएका प्रगति तथा काठमाण्डौ उपत्यकाको फोहर संकलन र व्यवस्थापनका सम्बन्धमा शहरी विकास मन्त्रीको साथै सम्बन्धीत निकायका अधिकारीसंग छलफल गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.