सामाजिक सुरक्षा योजनाको विपक्षमा उभिए माधव नेपाल

सामाजिक सुरक्षा योजनाको विपक्षमा उभिए माधव नेपाल

८ भदौ, काठमाडौं । सत्तारुढ दलकै वरिष्ठ नेता माधवकुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्था प्रति असन्तुष्टि जनाएका छन्।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले आईतबार काठमाडौमा गरेको कार्यक्रममा नेता नेपालले पूर्वाधार विना नै विदेशीको देखासिखी गरि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको टिप्पणी गरे । उनले अर्थतन्त्र कमजोर भएको मुलुकले अर्थतन्त्र सबल भएका मुलुकले लागू गरेको प्रणाली लागू गर्न खोज्दा त्यसले पार्ने प्रभावबारे पूर्व आकलन गर्न नसकिएको तर्क गरे । फोहर मैला उठाउनेलाई पनि अनिवार्य प्यानको व्यवस्था प्रति पनि उनले असन्तुष्टि जनाए ।

उनले मुलुकको पुर्वाधार र अर्थतन्त्रको मुल्यांकन नै नगरि यूरोपेली देशका प्रणालीलाई रातारात लागू गर्न खोज्नु गलत भएको टिप्पणी गरे । काठमाडौमै आईतबार भएको दुई भिन्ना भिन्नै कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित समाजिक सुरक्षा योजना लागू गर्न मजदुरका नेताहरुकै संस्थाहरुले असहयोग गरेको बताएका थिए ।

फरक प्रसंगमा नेता नेपालले समाज सुधारको नाममा चाडपर्व मनाउन नपाउने गरि सरकारले नियन्त्रण गर्न नमिल्ने पनि तर्क गरे । भिन्न जिल्लाहरुमा स्थानीय प्रशासनले तीज सम्बन्धी कार्यक्रम पार्टी प्यालेसमा गर्न नपाउने भन्दै पत्राचार गरेको तर्फ लक्षित गर्दै उनले विभिन्न जात जातिको धर्म र संस्कृतिलाई नियन्त्रण गर्न खोज्नु गलत हुने धारणा राखे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.