९ भदौ, एजेन्सी ।
स्पेनिस लिग अन्तगर्त आइतबार राति भएको खेलमा बार्सिलोनाले पहिलो जित निकालेको छ ।
मुख्य खेलाडी लियोनल मेस्सी, लुईस स्वारेज र उसमान डेम्बेलेको अनुपस्थितिमा पनि हालै अनुवन्ध भएका एन्टोनी ग्रिजमेनले दुई गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा प्रभावशाली जित निकालेको छ । एन्टोनी ग्रिजम्यान हावि भएको खेलमा रियल बेटिसलाई ५–२ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा डेब्यु खेलमा ग्रिजम्यान कुशलता पुर्वक आफ्नो प्रभाव छाड्न सफल भए । उनी गत जुलाईमा १ सय ७ मिलियन पाउण्डमा बार्सिलोनामा अनुवन्ध भएका थिए ।
नाबिल फिकिरले १५ औ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई सूरुवाती अग्रता दिलाएका थिए । तर ग्रिजम्यानले ४१ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । ५० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले बार्सिलोनालाई अग्रता दिलाए ।
कार्लोस पेरेजले ५६ औ मिनेटमा बार्सिलोनाको अग्रता ३–१ को बनाए । जोर्डी अल्बाले ६० औ मिनेटमा बार्साका लागि चौथो गोल गरे ।
७७ औ मिनेटमा अतुर्रो भिडालले गोल गर्दै बार्सिलोनालाई ५–१ को अग्रता दिलाउन सफल भएका थिए । मोरोनले ७९ औ मिनेटमा एक गोल फर्काए ।
जितसंगै बार्सिलोनाले दुई खेलबाट ३ अंक जोड्दै नवौं स्थानमा रहेको छ । अंक विहीन रियल बेटिस पुछारमा छ ।