बार्सिलोनाको शानदार जित

बार्सिलोनाको शानदार जित

९ भदौ, एजेन्सी ।
स्पेनिस लिग अन्तगर्त आइतबार राति भएको खेलमा बार्सिलोनाले पहिलो जित निकालेको छ ।

मुख्य खेलाडी लियोनल मेस्सी, लुईस स्वारेज र उसमान डेम्बेलेको अनुपस्थितिमा पनि हालै अनुवन्ध भएका एन्टोनी ग्रिजमेनले दुई गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा प्रभावशाली जित निकालेको छ । एन्टोनी ग्रिजम्यान हावि भएको खेलमा रियल बेटिसलाई ५–२ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा डेब्यु खेलमा ग्रिजम्यान कुशलता पुर्वक आफ्नो प्रभाव छाड्न सफल भए । उनी गत जुलाईमा १ सय ७ मिलियन पाउण्डमा बार्सिलोनामा अनुवन्ध भएका थिए ।

नाबिल फिकिरले १५ औ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई सूरुवाती अग्रता दिलाएका थिए । तर ग्रिजम्यानले ४१ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । ५० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले बार्सिलोनालाई अग्रता दिलाए ।

कार्लोस पेरेजले ५६ औ मिनेटमा बार्सिलोनाको अग्रता ३–१ को बनाए । जोर्डी अल्बाले ६० औ मिनेटमा बार्साका लागि चौथो गोल गरे ।
७७ औ मिनेटमा अतुर्रो भिडालले गोल गर्दै बार्सिलोनालाई ५–१ को अग्रता दिलाउन सफल भएका थिए । मोरोनले ७९ औ मिनेटमा एक गोल फर्काए ।

जितसंगै बार्सिलोनाले दुई खेलबाट ३ अंक जोड्दै नवौं स्थानमा रहेको छ । अंक विहीन रियल बेटिस पुछारमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.