९ भदौ, सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ टपरा बस्ने ४५ बर्षीय बहाब मियाको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
आइतबार राती १ बजे सोही स्थान बस्ने २५बर्षिय मुर्ता जमियाले मादक पदार्थ सेवन गरी बहाब मियालाई धारिलो हतियारले घाटीमा प्रहार गरि घाईते बनाएका थिए ।
हतियार प्रहारबाट घाईते भएका मियालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा मियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
हतियार प्रहार गर्ने जमियाले समेत हतियार आक्रमण पछि उनले समेत धानमा किरा माने बिषादी सेवनगरी घाईते भएको प्रहरीले जनाएको छ । आक्रमणको कारण भने खुल्न सकेको छैन ।