झापामा खोला तर्ने क्रममा १ जनाको मृत्यु

झापामा खोला तर्ने क्रममा १ जनाको मृत्यु

९ भदौ, झापा । झापाको शिवसताक्षी नगरपालिका–१० सुकुम्बासी बस्तीमा ताला हस्ताको घरमा काम गरी बस्दै आएका अन्दाजी ४२ वर्षका साहेब सरदार मृत भेटिएका छन् ।

गत भदौ ५ गते माईखोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका सरदारको शिवसताक्षी नगरपालिका–६ शिवगंजस्थित माईखोलाको बिचमा रहेको बालुवाको थुप्रोमा अड्किएको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ ।

सरदार बेपत्ता भएपछि अस्थायी प्रहरी पोष्ट माईधारमा स्थानियले जानकारी गराएका थिए । स्थानीयको सहयोगमा खोज तलाशमा खटिएको प्रहरी टोलीले आईतबार साझ सरदारको शव फेला पारेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.