NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नागार्जुनका मेयरलाई ११ वर्ष जेल, ३१ करोड जरिवाना मङ्लबार असार १७ , २०८२
ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने मङ्लबार असार १७ , २०८२
मनसुनी मारः सडक अवरुद्ध हुँदा एम्बुलेन्समै बिरामीको मृत्यु मङ्लबार असार १७ , २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

रवि लामिछानेविरुद्धको अभियोगपत्र यस्तो छ

सोमवार भदौ ९ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
रवि लामिछानेविरुद्धको अभियोगपत्र यस्तो छ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ भदौ, विराटनगर । न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेविरूद्ध आफ्नै पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभियोग सहित सरकारले अदालतमा मुद्दा दर्ता गरेको छ।

लामिछाने सहित उनको कार्यक्रम चलाउने युवराज कंडेल र ’रूकु’ भन्ने अस्मिता कार्कीलाई पनि दुरूत्साहनको अभियोग लगाउँदै आइतबार जिल्ला वकिलको कार्यालय चितवनले अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूलाई ५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय चितवनले मुद्दा दायर गरेको हो । अभियोग पत्रमा चारवटा कुरालाई मुख्य आधार मानेर पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको दाबी गरिएको छ ।

Advertisement

अभियोगपत्रमा पुडासैनीले आत्महत्या अघि खिचेको भिडियो, अस्मिता कार्की ’रूकु’को बयान, लामिछाने र कंडेलको बयान र पुडासैनिकसँग नजिक केही व्यक्ति बयानलाई मुख्य प्रमाणका रुपमा प्रस्तुत गरिएको छ ।

आत्महत्यापछि पुडासैनीको मोबाइलमा उनले खिचेको भिडियो भेटिएको थियो । जसमा यूवराज कंडेलले अष्ट्रेलिया जान केटी मिलाइदिने भनेर कार्कीलाई आफूसँग जोडिदिएको बताएका छन्। कंडेलले हेप्न थालेपछि न्यूज २४ टिभी छोडेको त्यसपछि पनि उनले आफूलाई ‘तँ फसिस’, भन्दै धम्क्याएको पुडासैनीले भनेका छन्।

अदालतमा दायर भएको अभियोगपत्रमा यो भिडियोलाई महत्वपूर्ण प्रमाण मान्दै त्यसमा पुडासैनीले भनेका सबै कुरालाई समेटिएको छ। यो प्रमाणलाई अस्मिताको बयानले पुष्टि गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

आफूले लामिछाने र कंडेलसँग मिलेर पुडासैनीलाई बलात्कार केसमा फसाइदिने धम्की दिएको अस्मिताले प्रहरीसँगको बयानमा स्वीकार गरेकी छन्। उनले न्युज २४ टेलिभिजनको कार्यालयमा आफू गएको फोटो पुडासैनीलाई पठाएकी थिइन्। फोटो पठाउँदै अब कार्यक्रम प्रसारण गर्ने भनेर आफूले उनलाई बताएको बयानमा भनेकी छन् ।

‘प्रतिवादीले न्युज २४ टेलिभिजनको कार्यालयको फोटो समेत खिची मृतकको बारेमा कार्यक्रम प्रशारण गरिदिने भनी धम्की दिएको कुरा स्वीकार गरेकी तथा सो अनुसार निजले मृतकले आत्महत्या गर्नु भन्दा केही दिन अगाडि पठाएको सो फोटो मिसिल संलग्न रहेको देखिन्छ’ अभियोगपत्रमा उल्लेख छ।

कार्कीले प्रहरीसँगको बयानमा विवाहित पुडासैनीले आफूलाई अविवाहित भन्दै धोका दिएको बताएकी छन्। आफूलाई धोकामा राखेको थाहा भएपछि सम्बन्ध बिग्रिएको, र पनि पुडासैनिले पीछा नछोडेको पनि बयानमा भनेकी छन् ।

त्यसपछि पुडासैनीको पिछा छोडाइदिन क्यामेरामेन अनिल ढुंगेलमार्फत लामिछाने र कंडेललाई अनुरोध गरेको बयान दिएकी छन्। पुडासैनीसँगका मेसेज र अन्तरंग फोटोहरू ढुंगेललाई पठाइदिएको उनको बयानमा उल्लेख छ ।

यो कुरा ढुंगेलले पनि प्रहरीसँगको बयानमा स्वीकार गरेका छन्। कार्कीले पठाएका ती मेसेज आफूले कंडेलसमेतलाई दिएको भन्दै ढुंगेलले प्रहरीमा कागज गरेको अभियोगपत्रमा उल्लेख छ । कंडेलले भने यी सबै कुरा इन्कार गर्दै बयान गरेका छन्। तर कार्की, ढुंगेल र लामिछानेको बयानले उनको इन्कारी बयानलाई नै खण्डित गर्ने सरकारी वकिलको दाबी छ ।

समाचार बनाउने क्रममा कंडेलले पुडासैनीलाई गाली गर्ने कुरा लामिछानेको बयानबाट देखिएको अभियोगपत्रमा उल्लेख छ। कंडेलले आफ्नो कार्यक्रम छोडेर अर्को टिभीमा समानान्तर कार्यक्रम चलाउन गएको रिसिवी साँध्न कार्कीसँग मिलेर पुडासैनीलाई धम्क्याएको दाबी अभियोगपत्रमा उल्लेख गरिएको छ । लामिछानेले पनि आफूले पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन नगरेको भन्दै बयान दिएका छन् ।

अभियोगपत्रका अनुसार, अरूले नै आफूले कार्यक्रम बनाएको भनिदिएको हुनसक्ने आशंका भने उनले बयानमा गरेका छन् । ‘प्रतिवादी रवि लामिछानेले पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन दिएको तथा सो अनुसारको परिस्थिति खडा गरेकोमा इन्कार भइ बयान गरेको भएतापनि आफूले निजको विरूद्धमा कार्यक्रम बनाएको कसैले भनिदिएको समेत हुनसक्छ र आत्महत्या गरेको हुन सक्छ भनी बयानमा खुलाएको देखिन्छ,’ अभियोगपत्रमा उल्लेख छ ।

लामिछानेको यो बयानलाई अन्य प्रतिवादी, साक्षी र प्रमाणले खण्डन गर्ने दाबी पनि अभियोगपत्रमा गरिएको छ । आफूले पुडासैनीलाई धम्की दिएको प्रहरीसमक्ष स्वीकार गरेकी कार्कीले कंडेल र लामिछानेले पनि ब्ल्याकमेल गरेको हुनसक्ने भन्दै उनीहरूलाई मुछेकी छन्। उनको यही बयानले पुडासैनीले लामिछाने विरूद्ध भिडियोमा लगाएको आरोप पुष्टी हुने अभियोगपत्रमा उल्लेख छ ।

‘मृतकसँग सम्बन्ध बिग्रिएपछि मेसेज र अन्य कुराकानी सेयर गरिदिएपश्चात निज अनिल ढुंगेल, युवराज कंडेल र रवि लामिछाने सो सम्बन्धमा सल्लाह गरी योजना बनाई निज शालिकराम पुडासैनी हतोत्साही हुने किसिमले व्ल्याकमेल गरी केही कुरा भनेको वा केही कार्य गरेको हुनुपर्छ, त्यसैले पुडासैनीले आत्महत्या गरेको हुनुपर्छ भन्दै सहप्रतिवादी कार्कीले बयान गरेको देखिएबाट यी प्रतिवादीको इन्कारी बयान खण्डित भएको तथा प्रतिवादीको भूमिकाबारेमा मृतकले भिडियोमा खुलाएको विषय पुष्टि भएको छ,̕ अभियोगपत्रमा भनिएको छ ।

यसबाहेक प्रमिला शर्मा भूषाल भन्ने एक महिलाले पुडासैनीलाई आफूले अन्तिम पटक हतास अवस्थामा देखेको भन्दै प्रहरीमा कागज गरिदिएकी छन्। प्रेमिकाले न्युज २४का मानिससँग मिलेर फसाउन खोजेका छन्, रेपमुद्दा हाल्ने समेत भनेका छन, मर्नुअघि हतास अवस्थामा भेटिएका पुडासैनीले भनेको कुरा उद्धृत गर्दै भूषालले यस्तो बयान गरेको अभियोगपत्रमा भनिएको छ ।

सबैको बयान जोड्दै प्रहरी र सरकारी वकिलले पुडासैनीको भिडियो पुष्टी गरेर लामिछाने सहित तीनजनालाई उनको आत्महत्यामा दुरूत्साहन मुद्दा लगाएको हो।

लोकप्रीय

नागार्जुनका मेयरलाई ११ वर्ष जेल, ३१ करोड जरिवाना

नागार्जुनका मेयरलाई ११ वर्ष जेल, ३१ करोड जरिवाना

मङ्लबार असार १७ , २०८२
ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने

ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने

मङ्लबार असार १७ , २०८२
प्रकृतिको खेलः कतै खुशीयाली त कतै रुवबासी

मनसुनी मारः सडक अवरुद्ध हुँदा एम्बुलेन्समै बिरामीको मृत्यु

मङ्लबार असार १७ , २०८२

विचार

नागार्जुनका मेयरलाई ११ वर्ष जेल, ३१ करोड जरिवाना

नागार्जुनका मेयरलाई ११ वर्ष जेल, ३१ करोड जरिवाना

मङ्लबार असार १७ , २०८२
ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने

ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने

मङ्लबार असार १७ , २०८२
प्रकृतिको खेलः कतै खुशीयाली त कतै रुवबासी

मनसुनी मारः सडक अवरुद्ध हुँदा एम्बुलेन्समै बिरामीको मृत्यु

मङ्लबार असार १७ , २०८२

थप समाचार

नागार्जुनका मेयरलाई ११ वर्ष जेल, ३१ करोड जरिवाना
अपराध

नागार्जुनका मेयरलाई ११ वर्ष जेल, ३१ करोड जरिवाना

मङ्लबार असार १७ , २०८२
ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने
अन्तर्राष्ट्रिय

ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने

मङ्लबार असार १७ , २०८२
प्रकृतिको खेलः कतै खुशीयाली त कतै रुवबासी
ताजा समाचार

मनसुनी मारः सडक अवरुद्ध हुँदा एम्बुलेन्समै बिरामीको मृत्यु

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

नागार्जुनका मेयरलाई ११ वर्ष जेल, ३१ करोड जरिवाना

नागार्जुनका मेयरलाई ११ वर्ष जेल, ३१ करोड जरिवाना

मङ्लबार असार १७ , २०८२
ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने

ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने

मङ्लबार असार १७ , २०८२
प्रकृतिको खेलः कतै खुशीयाली त कतै रुवबासी

मनसुनी मारः सडक अवरुद्ध हुँदा एम्बुलेन्समै बिरामीको मृत्यु

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.