भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक

भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक

९ भदौ, काठमाडौं ।
सिंगापुरमा उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बोलाएका छन् । नेपालमा पहिलोपटक यसरी भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको हो ।

प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो ।

प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्सबाट मन्त्रीपरिषदको बैठक संचालन गर्ने यसअघि सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिएका थिए।

प्रधानमन्त्री ओली भिडियो कन्फरेन्सबाट बैठक संचालन गर्ने भएपछि सरकारका नियमित काम नरोकिने भएका छन्।

बैठकमा प्रधानमन्त्री सिंगापुरबाट भिडियो कन्फेरेन्समा र अरू सबै मन्त्रीहरु प्रधानमन्त्री कार्यालयमा उपस्थित भएर सम्वाद हुने कार्यक्रम रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.