९ भदौ,काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संघीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रश्नोत्तर कार्यक्रम अन्तर्गत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिदै उनले शिक्षा सम्बन्धित नै तहले गर्नुपर्ने कामको बारेका समग्र पक्ष समेटेर सरकारले संघीय शिक्षा नीति बनाएको र सो नीतिबारे प्रधानमन्त्री सिंगापुर जानु अघि बसेको मन्त्रीपरिषद् बैठकमा छलफल पनि भएको जानकारी दिए ।
उनले शिक्षा नीतिका सम्बन्धमा प्रधानमन्त्री र विभागिय मन्त्रीबीचको बुझाई फरक भएको भन्ने भनाईमा सत्यता नभएको दाबी गरे । उनले संघीय शिक्षा नीतिमा संघीय शिक्षा सम्बन्धित तीनै तहले गर्नुपर्ने काम र समग्र पक्षको बारेमा व्यवस्था गरिएको पनि उनले उल्लेख गरे ।
शिक्षानीति निर्माण गर्ने क्रममा उच्चस्तरीय शिक्षा आयोग गठन भएको र आयोगको प्रतिवेदन अनुसार नै प्रधानमन्त्रीको निर्देशनमा आयोगमै भएका सदस्यहरु मध्येबाट ६ जना विज्ञ सम्मिलित समूहले नीति बनाउने काम गरेको उनले जानकारी दिए ।
उनले नीति पारित भएपछि सरकारले उच्चशिक्षा सम्बन्धित र विद्यालय र प्राविधिक शिक्षा सम्बन्धीतदुईवटा ऐन ल्याउने विश्वास दिलाए । सांसदहरुले शिक्षानीति र संघीय शिक्षा ऐन निर्माणमा भएको ढिलाई बारे प्रश्न गरेका थिए ।
प्रधानमन्त्री र विभागियमन्त्रीको बुझाईमा भिन्नता भएका कारण नीति र ऐन निर्माणमा ढिलाई भएको भन्ने कुरा आएको भन्दै उनीहरुले त्यसबारे पनि जिज्ञासा राखेका थिए ।