९ भदौ, काठमाडौं ।
नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्य योजना सार्वजनिक गरेका छन् । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टराईले आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गरेका हुन् ।
मन्त्री भट्टराईले आफ्नो कार्ययोजनालाई विभिन्न १० भागमा बर्गीकरण गरि १ सय ४१ वटा कामको फेहरिस्त प्रस्तुत गरेका छन् । आफना कार्ययोजनालाई न्युनतम १५ दिनभित्र गरि सक्ने ५ वटा काम देखि १ वर्ष भित्र सक्ने र केहि बहु वर्षे कार्यक्रमलाई निरन्तरता दिने सम्मको रहेको छ ।
मन्त्रीले १५ दिनभित्र परिवर्तित अवस्थामा पर्यटकीय सेवाको गुणस्तरीयता वृद्धि गर्नेगरी होटल मापदण्ड जारि गर्ने, नेपाल भ्रमण वर्ष मनाउन १० वटा स्रोत बजारको पर्यटक आगमन प्रक्षेपण र अन्य आवश्यक कार्यक्रमको खाका बनाई प्रबर्द्धनात्मक कार्यक्रम गर्ने रहेको छ ।
यस्तै मन्त्री भट्टराईले नेपाली मौलिक खानाको प्रचार प्रसारको लागि हरेक तारे होटलले नेपाली खानको छुट्टै स्टल हुनुपर्ने गरि होटल मापदण्ड बनाउने र आन्तरिक उडानमा बिगसिक्स अर्थात् ६ जना सम्माननीयलाई मात्र बिमानसम्म गाडी लैजान ब्यबस्था मिलाउने पनि कार्य योजनामा राख्नु भएको छ ।
मन्त्री भट्टराईले नेपालवायु सेवा निगमबाट संचालित ग्राउण्ड ह्याण्डलिङ्गलाई थप ब्यबस्थित र प्रभावकारी बनाउने योजनापनि राखेका छन ।
मन्त्री भट्टराईले ज्येष्ठ नागरिकलाई पशुपतिको चार वटै ढोकासम्म सहजै जान सक्ने गरि पुर्वाधार बनाउने र पशुपतिमा नियमितप्रसाद वितरणको वातावरण बनाउने, सन्ध्या आरती यु्ट्युबबाट प्रत्यक्ष प्रशारण गर्ने उनको योजना ३ महिनाभित्र सम्पन्नगर्ने योजना सार्वजनिक गरेका छन् ।