द्रुतमार्ग निमार्णको क्रममा १ लाख ५१ हजार रुख काटिने

द्रुतमार्ग निमार्णको क्रममा १ लाख ५१ हजार रुख काटिने

भदौ ११, काठमाडौँ । ७२ दशमलव ५ किलोमिटर लामो तराई द्रुतमार्गको निमार्णको क्रममा १ लाख ५१ हजार रुख काटिने भएका छन् ।

नेपाली सेनाले निर्माणको जिम्मा पाएको यो द्रुतमार्ग साढे तीन वर्षमा तयार हुने लक्ष्य लिइएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेयले द्रुतमार्गको कूल लागत १ खर्ब ७५ अर्ब बताए ।

द्रुतमार्गको प्रस्तावित खण्ड रेखांकन परिवर्तन गर्न सरकारले सेनालाई स्वीकृति दिइसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.