भदौ १३, काठमाडौं । युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक भएको छ ।
गएराति निकालिएको ‘ड्र’ अनुसार स्पेनिस क्लब रियाल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० एकै समूहमा परेका छन् । समूह ‘ए’ मा दुई दावेदार टोलीहरु रियाल मड्रिड र पीएसजीसँगै बेल्जियमको क्लब ब्रुज र टर्र्कीको गालातासारे छन् ।
यसैगरी समूह ‘बी’ मा जर्मनीको बायर्न म्युनिख, इंग्ल्याण्डको टोटेनह्याम हट्सपर, ग्रिसको ओलाम्पिकाओस र सर्वियाको रेडस्टार बेलग्रेड छन् ।
समूह ‘सी’ मा इंग्ल्याण्डको म्यानचेस्टर सिटी, युक्रेनको साख्तर डोनेस्क, क्रोएसियाको डाइनामो जाग्रेब र इटालीको एटलान्टा छन् भने समूह ‘डी’ मा इटालीको युभेन्टस, स्पेनको एट्लेटिको मड्रिड, जर्मनीको बायर लिभरकुजेन र रुसको लोकमोटिभ मस्को छन् ।
साविक विजेता लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको समूह ‘ई’ मा परेको छ । यो समूहका इंग्ल्याण्डको लिभरपुलसँगै इटालीको नापोली, अष्ट्रियाको साल्जबर्ग र बेल्जियमको गेन्क परेका छन् ।
यसैगरी समुह ‘एफ’ मा स्पेनको बार्सिलोना, जर्मनीको बोरुसिया डर्टमण्ड, इटालीको इन्टर मिलान र चेक गणतन्त्रको स्लाभिया प्राग छन् । समूह ‘जी’ मा फ्रान्सको ओलम्पिय लियों, रुसको जेनिथ, पोर्चुगलको बेनिफिका र जर्मनीको आर.बी लेप्जिग रहँदा समूह ‘एच’मा इंग्ल्ण्डको चेल्सी, नेदरल्याण्ड्सको आयाक्स एम्सटरडम, स्पेनको भ्यालेन्सिया र फ्रान्सको लिल परेका छन् ।
च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको खेलहरु यही सेप्टेम्बर १७ बाट सुरु हुनेछ ।