१४ भदौ, एजेन्सी ।
रोजर फेडेरर युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । बेलाती खेलाडी ड्यान इभान्सलाई पराजित गर्दै स्वीस फेडेररले चौथो चरणमा स्थान पक्का गरेका हुन् ।
३८ वर्षका फेडेररले इभान्सलाई ६–२, ६–२ र ६–१ को सेटमा पराजित गरेका हुन् । यसअघिका दुई खेलमा सुरुका सेट गुमाएर त्यसपछिका सेटमा पुनरागमन गरेका तेस्रो बरियताका फेडेररले तेस्रो चरणको खेलमा सबै सेटमा आफ्नो दबदबा कायम गरेका हुन् ।
पाँच पटकका विजेता फेडेरर गएको वर्ष अन्तिम १६ बाटै बाहिरिएका थिए । उनले चौथो चरणमा १५ औँ बरियताका डेविड गोफिनसँग प्रतिस्पर्धा गर्ने छन् ।