साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज नेपालले भारतको सामना गर्दै

साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज नेपालले भारतको सामना गर्दै

१४ भदौ, काठमाडौं ।

साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज (शनिबार) नेपालले भारतको सामना गर्दैछ । दुबै टोलीबीचको खेल कोलकत्तास्थित कल्याणीमा दिउँसो ३ः०० बजे सुरु हुनेछ ।

पाँचौ सस्करणको च्याम्पियन्सिपमा नेपालले फाइनलमा स्थान बनाउन सफल भएको हो । प्रतियोगितामा पाँच राष्ट्रिले सहभागिता जनाएका थिए । नेपाल अघिल्ला दुई संस्करणको फाइनलमा भारतसँग पराजित हुँदै उपाधि उचाल्नबाट बञ्चित भएको थियो ।

आजको खेलमा जित निकाल्दै नेपाल उपाधि उचाल्ने योजनामा छ । नेपाललाई आज पहिलो खेलमा भएको हारको बदला लिने अवसर पनि छ । यता प्रतियोगिताको सबै खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाएको भारत आजको खेलमा जित निकाल्दै उपाधि उचाल्ने योजनामा छ ।

नेपाल प्रतियोगिताको पहिलो खेलमा भारतसँग ५–० गोल अन्तरले पराजित गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.