१४ भदौ, काठमाडौं ।
साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज (शनिबार) नेपालले भारतको सामना गर्दैछ । दुबै टोलीबीचको खेल कोलकत्तास्थित कल्याणीमा दिउँसो ३ः०० बजे सुरु हुनेछ ।
पाँचौ सस्करणको च्याम्पियन्सिपमा नेपालले फाइनलमा स्थान बनाउन सफल भएको हो । प्रतियोगितामा पाँच राष्ट्रिले सहभागिता जनाएका थिए । नेपाल अघिल्ला दुई संस्करणको फाइनलमा भारतसँग पराजित हुँदै उपाधि उचाल्नबाट बञ्चित भएको थियो ।
आजको खेलमा जित निकाल्दै नेपाल उपाधि उचाल्ने योजनामा छ । नेपाललाई आज पहिलो खेलमा भएको हारको बदला लिने अवसर पनि छ । यता प्रतियोगिताको सबै खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाएको भारत आजको खेलमा जित निकाल्दै उपाधि उचाल्ने योजनामा छ ।
नेपाल प्रतियोगिताको पहिलो खेलमा भारतसँग ५–० गोल अन्तरले पराजित गरेको थियो ।