१४, भदौ, एजेन्सी ।
साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको छ । शनिबार आयोजक भारतसँग भएको फाइनल नेपाली टोलीले ७–० को लज्जास्पद हार बेहोरेको छ । कल्याणी स्टेडियममा भएको फाइनल खेलमा नेपाल भारतमाथि पूर्णरुपमा हाबी देखियो ।
भारतले १५ मिनेटमा गोलको खाता खोलेको थियो । भारतका लागि महेसोन सिंहले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै पहिलो हाफको ४१ औँ मिनेटमा अमनदीपले भारतका लागि दोस्रो गोल गरे ।
इन्जुरी समयको तेस्रो मिनेटमा शिवाजीतले थप एक गोल गर्दा नेपाल पहिलो हाफमा ३–० ले पछाडि परेको थियो । तर नेपालको पोस्टमा भारतका खेलाडीले गोल थप्न नछोड्दा दोस्रो हाफमा नेपालले ४ गोल खायो ।
खेलको ५२ औँ मिनेटमा भारतले एक गोल थप्यो । भारतका लागि श्रीदार्थले चौँथो गोल गरे । त्यस्तै ६५ मिनेटमा भारतका लागि हिमांश जनग्राले गोल गरे । भारतले नेपालविरुद्ध आक्रामक खेल खेल्न नछोड्दा ७६ औँ र ८० मिनेटमा फेरि श्रीदार्थले गोल गरे ।
श्रीदार्थले ह्याट्रिक पनि पूरा गरे । सन् २०१३ र २०१७ मा फाइनल खेल्दा नेपाल पराजित भएको थियो । दुवै पटक नेपाल भारतसँग नै पराजित भएको थियो ।