गौहत्या गर्नेलाई कारबाहीको माग गर्दैै नेपालगञ्जमा प्रदर्शन

गौहत्या गर्नेलाई कारबाहीको माग गर्दैै नेपालगञ्जमा प्रदर्शन

१५ भदौ, नेपालगञ्ज ।
गाई मरेको विषयलाई लिएर नेपालगञ्जमा प्रदर्शन गरिएको छ । ओमकार परिवार, बाँकेको तर्फबाट आर्य समाज, नेपाल शिव सेना, हिन्द स्वयंसेवक संघ र पतञ्जली योगगपिठसम्बद्धले नेपालगञ्जमा स्वःस्फूर्त प्रदर्शन गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन दबाब दिएका हुन् ।

बागेश्वरी मन्दिर परिसरबाट निस्केको प्रदर्शन जिल्ला प्रशासन कार्यालय, बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएपछि सकिएको थियो । ‘गाई मार्न पाइँदैन, गाई मार्नेलाई कारबाही गर’ भन्ने नारा जुलुश गर्दै उनीहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

उनीहरुले घाइते गाईको शीघ्र उपचार गर्न माग गरेका छन् । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएदेखि हिन्दुहरुको आस्थामा पटकपटक खेलवाड हुने कार्य भइरहेको उनीहरुको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले ज्ञापनपत्र बुझेपछि गृहमन्त्रालय र नेपालगञ्ज उपमहानगरपालिकाले छानबिन समिति गठन गरेकाले दोषी कारबाहीको दायरामा आउने आश्वासन दिलाए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.