मोरङमा पनि सुरु भयो स्वास्थ्य बिमा, ३५ सयमा १ लाखको उपचार

मोरङमा पनि सुरु भयो स्वास्थ्य बिमा, ३५ सयमा १ लाखको उपचार

१५ भदौ,विराटनगर । संघीय सरकारले देशभर लागू गर्ने घोषणा गरेको  स्वास्थ्य बिमा  कार्यक्रम आइतबारदेखि मोरङमा पनि सुरु भएको छ ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई स्वास्थ्य बिमा कार्ड प्रदान गरेर कार्यक्रम सुभारम्भ गरेका हुन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्री घिमिरेले अन्य जिल्लाहरुमा स्वास्थ्य बिमाप्रति कम आकर्षित भएको समाचार आएको भन्दै मोरङमा भने तदारुकताका साथ यो कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउन प्रदेश सरकार लाग्ने बताए । यस्तै कार्यक्रममा कोशी अस्पताल विराटनगरका मेसु गुणराज लोहनीले कोही पनि व्यक्तिले स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस र उपचार अभावमा मृत्युवरण गर्नु नपरोस् भनी ल्याइएको स्वास्थ्य बिमा कार्यक्रमले मोरङबासीहरु लाभान्वित हुने बताए ।

मोरङमा  १० लाख जनसंख्या रहेकोमा आउने आर्थिक बर्षसम्म ४ लाखको विमा गरिने स्वास्थ्य बिमा बोर्डले अपेक्षा गरेको  छ । ५ जनाको परिवारले ३५ सय रकम तिरेमा १ लाख सम्मको सेवा प्राप्त गर्न सक्ने कार्यक्रममा जानकारी दिइएको थियो ।

यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक , कुष्ठरोगीको परिवार, टीबी भएकाको परिवार, एचआइभी संक्रमितको परिवार र पूर्ण अपाङ्गता भएका परिवारले निःशुल्क रुपमा १ लाख सम्मको स्वास्थ्य बिमाबाट उपचार गराउन सक्ने कार्यक्रममा जानकारी दिइएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.