पत्रकार महासंघका अध्यक्ष भन्छन् मिडिया मालिसँग मिलेको छैन

पत्रकार महासंघका अध्यक्ष भन्छन् मिडिया मालिसँग मिलेको छैन

१५ भदौ,काठमाडौँ । नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले ठूला मिडिया हाउसका मालिकसँग मिलेर श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन पहल नगरेको भन्ने आरोपको खण्डन गरेका छन् ।

सभापति आचार्यले ठूला मिडिया हाउसका मालिकसँग मिलेर श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन पहल नगरेको भन्ने आरोप पुष्टि भए आफूले तत्काल पदबाट राजीनामा दिने चेतावनी पनि दिए । उनले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको दावी पनि गरे ।

आइतबार काठमाडौंमा आयोजित ‘श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयनको समस्याः समाधानका उपायहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति आचार्यले न्यूनतम पारिश्रमिक दिलाउन ३ सय ९५ जना श्रमजीवि पत्रकारहरुले महासंघका निवेदन दिएकोमा ३ सय ५० जनाको सो माग पूरा गराउन महासंघ सफल भएको पनि बताए ।

सभापति आचार्यले महासंघले पत्रकारहरुको हितको लागि ठूला मिडिया हाउसका मालिकसँग आन्दोलन गरिरहेको दावी पनि गरे । तर त्यस्ता आन्दोलनमा महासंघकै विभिन्न शाखाहरु समेत सहभागी नभएकोमा उनको गुनासो छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.