दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकमपनि न्यून

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकमपनि न्यून

१५ भदौ,काठमाडौँ । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.६३ अंकले घटेको हो । ०.९७ प्रतिशतले परिसूचक घट्दा ११८४.७८ बिन्दुमा पुगेको हो ।

आईतबार सेयर बजारमा १६९ कम्पनीले कारोबार गरेका छन् । ११ लाख ४ हजार ३ सय ९५ कित्ता सेयर किनबेच हुँदा २९ करोड ७३ लाख ९८ हजार ३ रुपैयाँको कारोबार भएको छ ।

बजार घटेका दिन १ सूचक बाहेक अरु सबै राताम्मे छन् । वित्त समूह १.४७ अंकले बढेको छ । बैंक समूह ७.१४, होटल समूह ३५.९६, विकास बैंक समूह ३.३२, जलविद्युत् समूह १९.७३, निर्जीवन बीमा समूह ८०.०७, उत्पादनमूलक समूह ४०.४६, अन्य समूह ४.५, माईक्रो फाइनान्स समूह १३.०४, जीवन बीमा समूह १४३.४९ र म्यूचुअल फण्ड समूह ०.०८ अंकले घटेका छन ।

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने साञ्जेन जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ६.४० प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.