भारतको राष्ट्रिय नागरिक दर्ता अभियानमा गोर्खालीलाई नसमेटिने

भारतको राष्ट्रिय नागरिक दर्ता अभियानमा गोर्खालीलाई नसमेटिने

१५ भदौ,दिल्ली। भारतको दार्जीलिङबाट लोक सभाका भारतीय जनता पार्टीका लागि सांसद राजु विष्टले भारतको आसाम राज्यमा जारी गरिएको राष्ट्रिय नागरिक दर्ताले कुनै पनि नेपाली भाषी तथा गोर्खाहरुलाई कुनै असर नपर्ने बताएका छन् ।

भारतको राजधानी दिल्लीमा प्रवासी नेपालीहरुको संस्था हाम्रो स्वाभिमान ट्रस्टले आइतवार आयोजना गरेको हरितालिका तीज महोत्सव कार्यक्रममा बोल्दै बिष्टले आसाममा लामो समयदेखि बसोबास गरिरहेका विदेशी नागरिकलाई अवैध ठहर गर्ने राष्ट्रिय नागरिक दर्ता (एनआरसी)ले नेपाली भाषी र गोर्खालाई असर नगर्ने बताएका हुन् ।

 

एनआरसी भारतमा बस्ने नेपाली भाषीको लागि नभएको भन्दै नडराउन उनले आग्रह गरेका छन । सांसद बिष्टले आफु दाजीर्लिङको छुट्टै राज्यको मुद्धा उठाएर संसद पुगेको भन्दै ५ वर्षसम्ममा यसको स्थायी समाधान निकाल्ने बताए ।

कार्यक्रममा सांसद विष्टले सम्पूर्ण महिलाहरुलाई तीजको शुभकामना पनि दिएका थिए । हिन्दु नेपाली महिलाहरुको महान पर्व तीजका अवसरमा हाम्रो स्वाभिमान ट्रस्टले हरेक वर्ष भव्य कार्यक्रमका साथ हरितालिका तीज कार्यक्रम गर्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.