चिनियाँ एटिएम लुटेराको यसरी भयो पर्दाफास

चिनियाँ एटिएम लुटेराको यसरी भयो पर्दाफास

१५ भदौ,काठमाडौँ । एटिएममार्फत् करोडभन्दा बढि रकम लुटपाट गर्ने पाँच जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नक्कली भिसा कार्ड बनाएर एटिएमबाट १ करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ लुटपाट गर्ने चिनियाँ नागरिकहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

शनिबार पक्राउ परेका चिनियाँ नागरिकहरुमा ३५ वर्षीय चेन विन विन, ३० वर्षीय क्यू याङयिङ, ३२ वर्षीय झू लियाङ आङ, २९ वर्षीय लिन जिनमिङ र ४० वर्षीय लू जियालिङ रहेका छन् ।

उनीहरुको साथबाट नक्कली भिसा कार्ड १३२ थान, मोवाईल ६ थान, ल्यापटप १ थान, डाटा कार्ड १ थान बरामद गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

शनिबार दरबारमार्गस्थित नविल बैंकको एटिएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक पक्राउ गरेका थिए । प्रहरीले उनी बसेको होटलबाट अन्य ४ जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुको साथबाट ९ हजार १ सय ८ अमेरिकन डलर पनि बरामद गरिएको जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.