बसबाट ओर्लिने बित्तिकै सोही बसको ठक्करबाट एक बृद्धाको मृत्यु

बसबाट ओर्लिने बित्तिकै सोही बसको ठक्करबाट एक बृद्धाको मृत्यु

भदौ १६, मोरङ । बसबाट ओर्लेर अगाडीबाट बाटो क्रस गर्ने क्रममा सोही बसले ठक्कर दिँदा सोमबार बिहान पौने ८ बजे एक बृद्धा महिलाको मृत्यु भएको छ ।

मोरङको मिक्लाजुङ गाउपालिका वडा नं. ७ मधुमल्ला स्थित मधुमल्ला–तोरीबारी भित्री सडक खण्डमा तोरीबाट मधुमल्लातर्फ आउदै गरेको ना २ ख ५२२७ नं. को बसमा सवार इलाम चुलाचुली गाँउपालिका वडा नं. ६ बस्ने बर्ष ८० की नन्दकुमारी राईको मृत्यु भएको हो ।

बसबाट ओर्लेर अगाडीवाट बाटो क्रस गर्ने क्रममा सोही बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी बृद्धाको उपचारको क्रममा मृत्यु भएको हो । उनको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस तथा चालक इलाका प्रहरी कार्यालय मधुमल्लाको नियन्त्रणमा रहेको र थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.