ओसाका प्रिक्वाटरफाइनलबाटै बाहिरिन्

ओसाका प्रिक्वाटरफाइनलबाटै बाहिरिन्

१७ भदौ, एजेन्सी ।

साविक विजेता नाओमी ओसाका ग्राण्डस्लाम टेनिस यूएस ओपनको प्रिक्वाटरफाइनलबाटै बाहिरिएकी छन् ।

शीर्ष बरीयताकी ओसाकालाई २–० को सेटमा अप्रत्यासित हार चखाउँदै १२ औं बरीयताकी स्वीस खेलाडी बेलिन्दा बेन्किक क्वार्टरफाइनलमा प्रवेश गरेकी हुन् ।

सानदार प्रदर्शन गरेकी बेन्किकले पहिलो सेट ७–५ जितेकी थिइन् । दोस्रो सेटमा ६–४ को जित निकाल्दै करिअरमै दोस्रोपल्ट ग्रान्डस्लाम टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेकी हुन् ।

यसअघि सन् २०१४ को युएस ओपनमा पनि उनले क्वाटरफाइनलसम्मको यात्रा तय गरेकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.