फेडेरर ग्रिगोर डिमित्रोभसँग पराजित

फेडेरर ग्रिगोर डिमित्रोभसँग पराजित

१८ भदौ, एजेन्सी ।

स्विस खेलाडी रोजर फेडेरर यूएस ओपन टेनिसको क्वाटरफाइनलबाट बाहिरिएका छन् । बुधबार बिहान भएको खेलमा फेडरर ग्रिगोर डिमित्रोभसँग ३–२ को सेटमा पराजित भए ।

न्युयोर्कमा भएको निकै प्रतिस्पर्धात्मक सेटमा फेडेरर पाँच सेटमा पराजित भए । फेडररले २ पटकको अग्रता पनि जोगाउन सकेनन् । फेडेरर ६–३, ४–६ र ६–३ को सेटमा पराजित भए ।

पहिलो सेट ६–३ ले जितेका फेडेररले दोस्रो सेट ४–६ ले गुमाएको थिए । तर तेस्रो सेटमा फेरि खेलमा फर्किएका फेडरररले ६–३ ले नै जित्न सफल भए ।

तर चौथो र पाँचौ सेटमा २८ वर्षे डिमित्रोभले उत्कृष्ट प्रदर्शन गर्दै ६–४ र चार र ६–२ ले जित्न सफल भए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.