सुरेश वाग्ले मेमोरियल क्यान्सर भवन निर्माणका लागि समय थप गर्न सिफारिस

सुरेश वाग्ले मेमोरियल क्यान्सर भवन निर्माणका लागि समय थप गर्न सिफारिस

भदौ १८, काठमाडौं । संसदीय समिति अन्तर्गतको कार्यदलले काठमाडौंको महाराजगंजस्थित निर्माणाधिन सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र भवन निर्माणका लागि अन्तिम पटक समय थप गर्नुपर्ने सिफारिस गरेको छ ।

संंघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कार्यदलले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा सो भवन निर्माण कार्य सम्पन्न गर्न अन्तिम पटक समय थप गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बुधबार समितिको बैठकमा सो प्रतिवेदन पेश गर्दै कार्यदलकी संयोजक अञ्जना बिशंखेले भेरिएशन स्विकृत भई थपिएको समय नौं महिना भित्र पनि सो केन्द्रको भवन निर्माण गरी हस्तान्तरण नगरे ठेकेदार कम्पनी गौरा कन्ट्रक्सनसँग क्षतिपूर्ति वापतको रकम असुल गरी निजसँगको ठेक्का सम्झौंता रद्द गर्न निर्देशन दिनुपर्ने सिफारिस पनि गरिएको स्पष्ट पारिन् ।

थपिएको समय भित्र सो भवन निर्माण सम्पन्न गरी हस्तान्तरण नगरे सो कम्पनीलाई कालो सूचिमा राख्न पनि सरकारलाई निर्देशन दिनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यदलले सरकारले समयमै भुक्तानी नदिएका कारण सो केन्द्रको भवन निर्माणकार्य सम्पन्न गर्न ढिलाई भएको पनि स्पष्ट पारेको छ ।

सो केन्द्रको भवन निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएपनि भुक्तानी निकासामा ढिलाई हुँदा सम्पन्न गर्ने काममा पनि ढिलाई भएको पनि पाइएको कार्य दलकी संयोजक विशंखेले बताइन् । भूकम्पका कारण पनि सो भवन निर्माणको काममा ढिलाई हुन गएको कार्य दलको निष्कर्ष छ ।

२०६८ साल मंसीर २८ गते निर्माण कार्य सुरु गरी ३ वर्ष भित्र सम्पन्न गरी सक्ने लक्ष्य लिइएको सो केन्द्रको भवनको निर्माण कार्य बजेट निकासा र भूकम्पका कारण ढिलाई हुन गएको दावी गरिएको छ ।

कार्य दलको प्रतिवेदनमा सो भवनको डिजाईनमा फेरबदल भईरहने, पानी तथा ढल निकास र सडक विस्तार कार्यले पनि सो भवनको निर्माणका कार्यमा केही अवरोध हुन पुगेको पनि कार्य दलको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.