सामीविरुद्ध एरेस्ट वारेन्ट जारी

सामीविरुद्ध एरेस्ट वारेन्ट जारी

१८ भदौ, एजेन्सी ।

भारतीय तिव्र गतिका बलर मोहम्मद सामीविरुद्ध एरेस्ट वारेन्ट जारी भएको छ। घरेलु हिंसाको उजुरीमा अदालतले सामीविरुद्ध एरेस्ट वारेन्ट जारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

सामीविरुद्ध उनकी श्रीमती हासिन जहानले घरेलु हिंसाको उजुरी गरेपछि वेस्ट बंगाल अदालतले पक्राउ पुर्जी जारी गरेको हो। सामी हाल वेस्ट इन्डिजमा दुई देशीय क्रिकेट शृंखला खेलिरहेका छन्।

भारत आइपुगेको १५ दिनभित्र आत्मसमर्पण गर्न सामीका विरुद्ध आदेश जारी भएको छ। गत वर्षको मार्चमा जहानले सामीविरुद्ध हत्या र हिंसा उद्योगको उजुरी दर्ता गराएकी थिइन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.