भदौ १८, बुटवल । सरकारबाट पाउने दुई करोड ५० लाख रकम अनुदान नपाएको भन्दै कपिलवस्तुका किसानले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
कपिलवस्तु किसान संघको आयोजनामा कपिलवस्तुको चन्द्रौटामा राजमार्ग बन्द गराएका हुन् । सडक ठप्प हुँदा गाडी चलेका छैनन् ।
५ वर्ष बितिसक्दा पनि सरकारले उखु प्रवर्द्धन वापतको प्रति क्विन्टल २५ रुपैयाँ अझैसम्म नदिएको विरोधमा किसानहरुले चक्काजाम गरेका हुन् ।
किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीले अनुदान दिने सहमति नजनाएसम्म सडक अवरुद्ध गर्ने बताए ।
जसका कारण पूर्व–पश्चिम राजमार्गमा चल्ने गाडी ओहोरदोहोर गर्न पाएका छैनन् ।