१८ भदौ, चितवन ।
जागरण अभियानमार्फत् दोस्रो पटक जनताको माझमा जाने नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताएका छन् ।
बुधबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अहिले पार्टीको गतिविधि र सरकारको काम कारबाहीको बारेमा गाउँगाउँमा जानकारी गराउन जागरण अभियानमार्फत जान लागेको बताए ।
मंसिरसम्म संगठन निर्माणका काम सकिएपछि मात्रै महाधिवेशनमा प्रवेश गर्ने भन्दै उनले मंसिर अघि १३ औँ महाधिवेशनको संगठनलाई संघीय व्यवस्था अनुरुप रुपान्तरणको काम गरिने जानकारी दिए ।
वडा तहसम्म समायोजन गर्न कात्तिक मसान्तसम्म लाग्ने उनको भनाइ थियो । केन्द्रको कमजोरीका कारण नेविसंघ र तरुणदलले पूर्णता पाउन नसकेको उनले बताए ।