सेमानन्द मृत्यु प्रकरणमा एक आरोपितले गरे आत्मसमर्पण

सेमानन्द मृत्यु प्रकरणमा एक आरोपितले गरे आत्मसमर्पण

भदौ १८, विराटनगर । विराटनगरका सेमानन्द यादव मृत्यु प्रकरणका आरोपित मध्ये एकजनाले आत्मसमर्पण गरेका छन् ।

सो घटनाका आरोपित विराटनगर–१४ का २८ बर्षिय दिपेश यादवले आज जिल्ला प्रहरी कार्यालय मोरङमा आत्मसमर्पण गरेका हुन । आफु निर्दोष रहेको भन्दै निवेदनसहित पुगेका उनले जिल्ला प्रहरी कार्यालयमा आत्मसर्मपण गरेका हुन् ।

घटनाका आरोपित मध्येका दिपेश यादव जिल्ला प्रहरी कार्यालयमा हाजिर भएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । सो घटनाका आरोपित ८ जना अझै फरार रहेका छन ।

विवाहको बिषयमा विवाद हुंदा जेठ ३२ गते विराटनगर १४ का वडाध्यक्ष बलदेव यादवको घरमा बसेको पंचायतीको क्रममा कुटपिट हुंदा उपचारको क्रममा असार २६ गते सेमानन्दको मृत्यु भएको पीडित पक्षले आरोप लगाएका छन् ।

सो घटनामा पीडित पक्षले ३ जना वडाध्यक्षसहित ९ जनाबिरुद्ध कर्तब्यान ज्यान मुद्धा दर्ता गराएको छ । छोरोले विवाह गर्न नमानेपछि वडाध्यक्ष बलदेव यादवको घरमा भएको पंचायतीको क्रममा सेमानन्दलाई कुटपिट गरिएको पीडित पक्षको आरोप छ ।

कुटपिटबाट उनको सर्भाइकल स्पाइनमा गम्भीर चोट लागेका कारण उपचारको क्रममा मृत्यु भएको पीडित परिवारले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.