१९ भदौ, तेह्रथुम ।
तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा सडक निर्माणका क्रममा खनिएको खाल्डोको पानिमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ।
सिम्ले–७ का डेबिट राईको बुधबार खाल्डोमा डुबेर ज्यान गएको वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिए । प्रहरी निरीक्षक तेजबहादुर दाहालले घटनाबारे अनुसन्धान भइरहेको बताए ।