मानव बेचबिखनबिरुद्ध काठमाडौमा र्याली

मानव बेचबिखनबिरुद्ध काठमाडौमा र्याली

१९ भदौ, काठमाडौैं ।

काठमाडौँ महानगरपालिका वडा नं १५ ले मानव बेच बिखन तथा ओसारपसार बिरुद्ध प्रभातफेरी कार्यक्रम गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको १३ औं राष्ट्रिय दिवशको अवशर पारेर वडा कार्यालयले प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।

प्रभातफेरी कार्यक्रममा महानगरीय प्रहरी वृत्त स्वयम्भु, स्थानीय क्लब, महिला समूह, विभिन्न विद्यालयका बिद्यार्थीहरु सहभागी भएका थिए ।

प्रभातफेरीमा सभागीहरुले मानव बेचबिखन तथा ओसारपसार समाज भित्र हुने जघन्य अपराधहरु भित्र पर्ने भएकोले सबै सचेत हुनुपर्ने बताए । समाजमा मानव ओसार पसारको भिन्न भिन्न रुप देखिन थालेकोले शिक्षित पढेलेखेका पनि यसको शिकार भएको भन्दै यस बिरुद्ध लड्न समाज नै जागरुक हुनुपर्ने बताए ।

प्रभातफेरीमा सहभागि महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख लाल ध्वज सुबेदीले अन्तराष्ट्रिय स्तरमा मानव बेच बिखन तथा ओसारपसार पैशा आर्जन गर्ने तेश्रो अबैधानिक ब्याबसायको रुपमा फस्टाउदै गएको भन्दै यसको बदलिदो स्वरुपलाई सबैले बुझ्नु पर्ने बताए ।

यो अपराधको सुरुवातमा व्यक्ति फस्ने जस्तो देखिए पनि सामाजिक अपराध भएकोले सरकारले व्यक्ति परिवार र समाज सबै लड्नु पर्ने बताउदै आएको छ ।

नेपाल सरकारले विभिन्न कार्यक्रमहरु संचालन गरेर मानव बेच बिखन तथा ओसारपसार बिरुद्ध काम गर्दै आएको छ । प्रभातफेरी कार्यक्रम स्वयम्भु, भगवानपाउ, डल्लु आवाशक्षेत्र,इन्द्रायणी शोभाभगवती, विजेश्वरी क्षेत्रका टोल बस्तीमा पुगेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.