कृषिमन्त्री खनाललाई डेंगुको संक्रमण भएको पुष्टि

कृषिमन्त्री खनाललाई डेंगुको संक्रमण भएको पुष्टि

भदौ १९, काठमाण्डौ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखिएको छ ।

उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । गएको शुक्रबार हेटौँडाबाट फर्किएका मन्त्री खनाललाई ज्वरो आएपछि अस्पताल लगिएको थियो ।

ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगु भएको आशंकामा उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गरिएको हो ।

परीक्षणमा डेंगु भएको पुष्टि भएपछि उनलाई बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.