झापामा छुरा प्रहारबाट एक जना घाईते

झापामा छुरा प्रहारबाट एक जना घाईते

भदौ १९, झापा । झापाको शिवसताक्षी नगरपालिका ८ स्थित वडा कार्यालयमा बस्ने वर्ष २३ का सरगम भन्ने सागर तिमिल्सिनाले छुरा प्रहार गरी १ जनालाई घाईते बनाएका छन् ।

बुधबार दिउँसो पूर्व रिसिबीका कारण उनले सोही नगरपालिका ११ बस्ने वर्ष३३का सुरज रिङ्गालुङ राईलाई छातीको बाँया तर्फ छुराप्रहार गरि घाइते बनाएका हुन् ।

घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरीको टोलीले घाईतेलाई उपचारका लागि बि एण्ड सि अस्पताल विर्तामोड पठाएको थियो ।

छुरा प्रहार गर्ने सागरलाई भने नियन्त्रणमा लिएर थप अनुशनधान अघि बढाएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.