भदौ १९, विराटनगर । नेपाल अग्रवाल युवा मञ्चले आफ्नो २७ औँ स्थापना दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाएको छ ।

कोशी अञ्चल अस्पतालको प्रसूति विभागमा उपचारार्थ बिरामीहरूलाई मञ्चको तर्फ बाट फलफूल तथा जुस वितरण गरिएको छ । उक्त कार्यक्रममा नेपाल अग्रवाल सभाका अध्यक्ष देवकी नन्दन अग्रवाल,कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा होमनाथ लोहनी, डा यज्ञराज खरेल लगायतको उपस्थिति रहेको थियो ।


दिवस कै अवसरमा मञ्चले अग्रवाल कुल वंशका प्रवर्तक श्री अग्रसेन जी महाराजको चित्र अंकित ब्याजको पनि अनावरण गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक शिवकुमार पोखरेल,अग्रवाल सभाका अध्यक्ष देवकी , मारवाडी युवा मञ्चका अध्यक्ष गोपाल अग्रवाल लगायतले ब्याचको अनावरण गरेका थिए ।

यसैगरी विराटनगर एयरपोर्ट रोडमा विराटनगर विमानस्थलबाट प्रवेश गर्ने यात्रुहरुलाई स्वागत गर्ने उद्देश्यले स्वागत बोर्डको समेत मञ्चले स्थापना गरेको छ ।
