२० भदौ, काठमाडौं ।
एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकाको आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको छ।
घरेलु टोलीविरुद्व नेपाल जित निकालेर सुखद सुरुवात गर्ने लक्ष्यमा छ । नेपालले श्रीलंकालाई अहिलेसम्म हराउन सकेको छैन ।
पछिल्ला पाँच खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ । सन् २०१६ मा श्रीलंकामानै यू१९ एसिया कपमा नेपालले कडा टक्कर दिएपनि एक रनले पराजित हुन पुगेको थियो । त्यस्तै उत्कृष्ट प्रर्दशनको अपेक्षा नेपाली युवा टोलीबाट गरिएको छ ।
एसिया कप अघि तयारी स्वरुप नेपालले श्रीलंकाका तीन स्थानीय टोलीसँग अभ्यास खेल खेलेको थियो । जसमा २ मा हार र १ मा जितको नतिजा निकालेको थियो । श्रीलंकाले पाकिस्तानसँग ५ अभ्यास खेल ३(२ ले हारेको थियो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेल, स्पिनर सागर ढकाल र अलराउन्डर पवन सरार्फ प्रमुख हतियार हुन् । त्यस्तै शीर्ष खेलाडी भिम सार्की,कमल सिंह ऐरी,आशिफ शेख र हरि बहादुर चौहानको प्रर्दशन पनि नेपाललाई महत्वपूर्ण हुने छ ।
विश्वकपको अनुभव रहेको अलराउन्डर निपुन धनञ्जय श्रीलंकाका कप्तान हुन् । निपुनकै कप्तानीमा गत वर्ष श्रीलंका एसिया कपको फाइनलमा पुगेको थियो । त्यस्तै प्रथम श्रेणी खेली सकेका कामिल मिश्रा र रोहन सञ्जय पनि नेपाललाई घातक बन्न सक्छन् ।
आजको खेलमा प्रतिस जि.सी, खडक बोहरा, लोकेश बम र सन्दीप जोरा बेन्चमा रहेका छन् ।