खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

२० भदौ, खोटाङ ।

खोटाङमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया श्रीमती देविका राईलाई बिहीबार राति टाउकोमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो ।

श्रीमतीको हत्या गरेलगत्तै स्थानीयवासीले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलीले सीतारामलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

प्रहरीका अनुसार हत्याको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सीतारामलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक आमोद खेरवालले जानकारी दिए । राई दम्पतीका एक छोरा छन् ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.