२० भदौ, विराटनगर ।
यू–१९ एसिया कप क्रिकेटमा नेपाल र घरेलु टोली श्रीलंकाबीचको खेल ४२ ओभरमा खेलाइने भएको छ । खेल सुरु भएको केही समयमा वर्षा भएपछि प्रभावित खेल ४२ ओभरमा खेलाइने भएको हो ।
समूह बी अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकाविरुद्ध ब्याटिङ गर्दैछ ।
वर्षाअघि नेपालले ९ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा ४३ रन बनाएको थियो ।
नेपालका लागि ओपनर पवन सराफ ४ रनमा आउट हुँदा आसिफ शेख ७ रनमा पवेलियन फर्किएपछि नेपालको इनिङस रित गौतम र कप्तान रोहित पोडेलले सम्हालिरहेका छन् । रित २४ र रोहित ७ रनमा क्रिजमा छन् ।