नेपाल श्रीलंकासँग ५ विकेटले पराजित

नेपाल श्रीलंकासँग ५ विकेटले पराजित

२० भदौ, विराटनगर ।

श्रीलंकामा जारी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको छ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको नेपालले निर्धारित ४२ ओभारमा नौ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो।

श्रीलंकाले ३३ ओभर ४ बलमा ५विकेट गुमाएर लक्ष्य भेट्टायो। घरेलु टोलीका विकेटकिपरसमेत रहेका कामिला मिसाराले ५५ रन जोडे। आहान विक्रमासिंघेले ३० रन बनाए।

रसन्था डे सिल्भा १५ र नावोद पारानाभिथाना १२ रनमा आउट भए। कप्तान निपुन धनन्जयले १८ रन बनाए।

अविजित रहँदै अभिस्का थारिन्डुले २५ रन बनाए। मिसारा र आहानले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गर्दा श्रीलंका ११३(३ को स्थितीमा देखिएको थियो। नेपालका रसिद खानले २ तथा पवन सर्राफ र सागर ढकालले एक एक विकेट हात पारे।

कमल एरीको नाममा एक विकेट रह्यो।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालका लागि रित गौतमले अर्धशतक पुरा गरे। ८५ बलको सामना गरेका उनले चार चौकाको मद्दतमा ५४ रन जोडे।

यस्तै कप्तान रोहित कुमार पौडेलले ४७, राशिद खानले नटआउट १५, र हरि चौहनले १२ रन जोडेपनि अन्य व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

यस्तै बलिङतर्फ श्रीलंकाका नाभोद परानाभिथान र दिल्शान मदुशांकले समान तीन–तीन तथा रोहन संजय र आशियन ड्यानियलले एक–एक विकेट लिए।

नेपालले दोस्रो खेलमा आइतबार बंगलादेशसँग खेल्ने छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.