२१ भदौ, भारत ।
भारतले जुलाइ २२ मा प्रक्षेपण गरेको चन्द्रयान २ चन्द्रमामा अवतरण गराउने प्रयास असफल भएको छ ।
शनिबार बिहान १ देखि साढे २ बजेको अन्तरालमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने पूर्वतयारी भएपनि अन्तिम समयमा यान सम्पर्कविहिन भएको वैज्ञानिकहरुलाई उध्रित गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चन्द्रयान २ अवतरणको नजिकै पुगेपछि प्राविधिक समस्या आएको बताइएको छ ।
चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि यान अवतरण गरेको छैन । भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले चन्द्रयान अवतरण हुनु केही समयअघि मात्र हराएको बताको छ ।
सन् २००८ मा भारतले पहिलो पटक चन्द्रमामा रेकट प्रक्षेपण गरेको थियो । चन्द्रमामा रकेटको सफ्ट ल्याण्डिङ गराउनु चुनौतीपूर्ण रहेको इसरोका वैज्ञानिकहरुले बताएका छन् ।
चन्द्रमामा भन्दा मंगलग्रहमा यस्तो ल्याण्डिङ गराउन सजिलो हुने बताइएको छ ।
यसैबीच चन्द्रयान अवतरणको दृष्यावलोकन गर्न भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) को मुख्यालय पुग्नु भएका प्रधानमन्त्री नरेन्द्र मोदी पनि निराश हुँदै फर्किएका छन ।
उनले बैज्ञानिकहरुलाई निरास नहुन आग्रह गरेका छन ।