नाडाल युएस ओपन टेनिसको फाइनलमा प्रवेश

नाडाल युएस ओपन टेनिसको फाइनलमा प्रवेश

२१ भदौ, एजेन्सी ।

दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

न्ययोर्कस्थित फ्लुसिङ मिडोजमा शनिबार बिहान भएको खेलमा नाडालले इटालीका २४औं वरीयताका माटियो बेरेटिनीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पाँचौपटक युएस ओपन टेनिसको उपाधि भिडन्त पक्का गरेका हुन् ।

३३ वर्षका नाडालले इटालियन खेलाडी मातेओ बेर्रेतिनीलाई पराजित गरेर फाइनलमा स्थान बनाएका छन् । नाडालले २४ औँ बरियताका २३ वर्षे मातेओलाई ७–६ ९८–६०, ६–४ र ६–१ को सेटमा पराजित गरेर फाइनलमा स्थान बनाएका हुन् ।

तीनपटकका युएस ओपन च्याम्पियन नाडालले आइतबार हुने फाइनलमा पाँचौँ बरियताका रुसी खेलाडी ड्यानिल मेडभेडेभसँग प्रतिस्पर्धा गर्ने छन् । २३ वर्षका मेडभेडेभले बुल्गेरियाका ग्रिगोर डिमित्रोभलाई ७–६ ९७–५०, ६–४ र ६–३ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.